ब्याजदरको असरले जीवन बीमा क्षेत्रको नाफा १०.५६ प्रतिशतले घट्यो, कसको अवस्था कस्तो ?
bishowkhabar.com · Mon Nov 16 02:56:22 UTC 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको खुद नाफा १०.५६ प्रतिशतले घटेर १ अर्ब ६४ करोड ४९ लाख ३६ हजार ९३१ रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी कम्पनीहरूले कुल १ अर्ब ८३ करोड ९१ लाख ७८ हजार ९५९ रुपैयाँ नाफा कमाएका थिए । समीक्षा अवधिमा सञ्चालित १३ जीवन बीमा कम्पनीमध्ये ९ वटाको नाफा घटेको वा ऋणात्मक बनेको छ भने ४ वटा कम्पनीले मात्र नाफा बढाउन सफलता पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)