अन्तरिक्ष नीतिको बहस
gorkhapatraonline.com · Mon Nov 16 03:17:05 UTC 2026

आधुनिक विश्वमा अन्तरिक्ष प्रविधि वैज्ञानिक अनुसन्धान र राष्ट्रिय प्रतिष्ठामा मात्र सीमित छैन । यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, सञ्चार, विपत् व्यवस्थापन, वातावरण संरक्षण र डिजिटल अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ । समुद्रसँग प्रत्यक्ष पहुँच नभएको भूपरिवेष्टित राष्ट्र नेपालका लागि अन्तरिक्ष प्रविधि भौगोलिक विकटता सम्बोधन गर्ने, दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने र राष्ट्रिय प्राविधिक क्षमता विकास गर्ने माध्यम बन्न सक्छ ।
नेपालको हिमाली तथा पहाडी भूगोल, प्राकृतिक विपत्को जोखिम र पूर्वाधार विकासका चुनौतीलाई हेर्दा यसको रणनीतिक महत्व स्पष्ट हुन्छ । भूकम्प, बाढीपहिरो, हिमताल विस्फोटन, वन डढेलो र जलवायु परिवर्तनको अनुगमनमा भूउपग्रहबाट प्राप्त तथ्याङ्क उपयोगी हुन्छ । कृषि उत्पादन, वन तथा जलस्रोत संरक्षण, मौसम पूर्वानुमान, सहरी विकास र भूउपयोग परिवर्तनको अध्ययनमा पनि यसले योगदान पु¥याउन सक्छ । दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न भूउपग्रहमा आधारित प्रविधि वैकल्पिक माध्यम बन्न सक्छ । यद्यपि प्रविधि छनोट गर्दा यसको लागत, क्षमता, विश्वसनीयता र सञ्चालन खर्चको मूल्याङ्कन आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)