मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

डडेलधुरामा पर्वोत्सवको चहलपहल

gorkhapatraonline.com · Mon Nov 16 04:19:52 UTC 2026

डडेलधुरा, कात्तिक ३० गते । दसैँ, तिहारको चहलपहल सकिएसँगै डडेलधुराका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलमा परम्परागत पर्वोत्सव सुरु भएका छन् । धार्मिक आस्था, संस्कृति र परम्परासँग जोडिएका यस्ता उत्सवले जिल्लाका गाउँबस्तीमा निकै चहलपहल बढाएको छ ।

गन्यापधुरा गाउँपालिका–४ स्थित कैलपालमाण्डौँमा हरेक वर्ष लाग्ने जाँत कात्तिक २९ गते रतेडी र ३० गते दिउसेडी लाग्दै छ । मन्दिरका पुजारी कृष्णदत्त भट्टका अनुसार सयौँ वर्षअघि भारतको कुमाउँ–कनोज राज्यबाट जयदास पनेरुसँगै कैलपाल देवता र कालीकी घाट यस क्षेत्रमा आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)