युनाइटेड अजोड इन्स्योरेन्सको घाटा ५ करोड बढी, इपीएस कति ?
arthasansar.com · Mon Nov 16 04:44:40 UTC 2026

युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्म ५ करोड २९ लाख ८४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त घाटा देखिएको हो ।
गत वर्षको सोही अवधिमा कम्पनीको घाटा १५ करोड ११ लाख ९३ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीसमेत ऋणात्मक ८ रुपैयाँ ३ पैसा रहेको छ । कम्पनीको आम्दानीतर्फ भने केही सुधार देखिएको छ । समीक्षा अवधिमा खुद बीमाशुल्क आम्दानी ३४ करोड ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको २४ करोड ५५ लाख ५८ हजार रुपैयाँको तुलनामा ४१.०३ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)