रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्ने योगासन, यस्तो छ गर्ने सही तरिका
ratopati.com · Mon Nov 16 04:52:05 UTC 2026

काठमाडौँ । आजको समयमा मधुमेह अर्थात् डायबिटिज यस्तो स्वास्थ्य समस्या बनेको छ, जसबाट ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित छन्। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र बढ्दो मानसिक तनाव यसका प्रमुख जोखिम कारक हुन्।
मधुमेह भएपछि शरीरमा रगतको सुगर (चिनीको मात्रा) सामान्यभन्दा बढी हुन्छ। यस्तो अवस्थामा बिरामीले खानपानका साथै नियमित व्यायाम र शारीरिक गतिविधिहरूमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। मधुमेहका बिरामीका लागि योग पनि एक उपयोगी शारीरिक अभ्यास हुन सक्छ। नियमित योग गर्नाले शरीर सक्रिय रहन्छ, तनाव कम गर्न मद्दत पुग्छ र मांसपेशीहरूको कार्यक्षमतामा सुधार आउँछ। केही योगासनले शरीरको लचकता, सन्तुलन र तन्दुरुस्ती बढाउन सहयोग पुर्याीउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)