मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडबाडको ऋण तिर्न नदी किनारतिर

gorkhapatraonline.com · Mon Nov 16 04:01:24 UTC 2026

तनहुँ, कात्तिक ३० गते । दसैँ र तिहारमा लागेको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० का बोटे समुदायका सदस्य आइतबार सुन खोज्न नदी किनारतर्फ लागेका छन् । चाडपर्व मनाउन साहुसँग लिएको ऋण चुक्ता गर्न उनीहरू पुख्र्यौली पेसालाई निरन्तरता दिँदै त्रिशूली, कालीगण्डकी, मस्र्याङ्दी, बुढीगण्डकीलगायतका नदीमा बालुवा चालेर सुन सङ्कलन गर्न जाने गरेका छन् ।

बोटेगाउँका ३२ घरधुरीका केटाकेटी र वृद्धवृद्धाबाहेक सुन खोज्न नदी किनार जाने गर्छन् । चाडपर्वमा लत्ताकपडा, खाद्यान्न, नुनतेल र मासु किन्न स्थानीय साहु तथा व्यापारीसँग ऋण लिने र त्यसपछि नदीमा सुन खोजेर बिक्री गरी ऋण तिर्ने चलन रहेको फूलमाया बोटेले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)