मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डब्लुएचओ क्षेत्रीय निर्देशकको दौडमा नेपालसहित चार देश रहेको चर्चा, आधिकारिक सूची २३ नोभेम्बरमा आउने

swasthyakhabar.com · Mon Nov 16 05:20:00 UTC 2026

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशले उम्मेदवारी दिएको चर्चा छ। यद्यपि, उम्मेदवारहरूको आधिकारिक नामावली भने सार्वजनिक भइसकेको छैन। डब्लुएचओले आगामी २३ नोभेम्बरमा उम्मेदवारहरूको औपचारिक सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई क्षेत्रीय निर्देशक पदका लागि उम्मेदवार बनाएको छ। मन्त्रिपरिषद्ले उनको नाममा सहमति जनाएसँगै नेपालले अन्य सदस्य राष्ट्रको समर्थन जुटाउन कूटनीतिक पहलसमेत सुरु गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)