मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको एजेन्डा बिना एक्लै मेची महाकाली यात्रामा निस्किए अमरेश [भिडियो]

hamrakura.com · Mon Nov 16 00:00:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह पार्टीको औपचारिक एजेन्डाबिना एक्लै दुई महिने ‘मेची–महाकाली पदयात्रा’ मा निस्किएका छन्। जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले उनी सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममार्फत मेची प्रस्थान गरेका हुन्।

पार्टीको झन्डा लिएर यात्रामा निस्किए पनि उनले यस अभियानलाई दलीय एजेन्डाभन्दा बाहिर राखेर ‘देश र समाज जोड्ने’ व्यक्तिगत पहलका रूपमा अघि सारेका छन्। जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा नागरिकका वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा थालिएको सांसद सिंहले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)