हात्तीको आक्रमणबाट चौधरीको मृत्यु
hamrakura.com · Mon Nov 16 00:00:00 UTC 2026

सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ । सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।
उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)