सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
baahrakhari.com · Mon Nov 16 10:24:14 UTC 2026

सप्तरी । जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय गोपी चौधरी रहेका छन् ।
सुरूगा नगरपालिका–४ का चौधरीलाई बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)