मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ओपीडी बन्द, आकस्मिक कक्षमा बिरामीको चाप

baahrakhari.com · Mon Nov 16 12:00:24 UTC 2026

काठमाडौं । तिहार र छठ पर्वको लामो सरकारी बिदाका कारण सरकारी अस्पतालहरूको नियमित बहिरंग सेवा (ओपीडी) बन्द हुँदा त्यसको प्रत्यक्ष चाप आकस्मिक कक्ष (इमर्जेन्सी)मा परेको छ । नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउने बिरामीले ओपीडी सेवा नपाएपछि आकस्मिक कक्षमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

बिरामीको चाप बढेपछि कतिपय अस्पतालमा एउटै बेडमा तीन–चारजनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था आएको चिकित्सकहरूले बताएका छन् । यसरी एउटै बेडमा एकभन्दा बढी बिरामी राख्दा उपचारमा असहजता हुनुका साथै बिरामीले समेत सास्ती खेप्नुपरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)