कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
annapurnapost.com · Mon Nov 16 11:59:41 UTC 2026

काठमाडौं : कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६, चान्देउबाट खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१६ का २५ वर्षीय डेभिड चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)