मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

kendrabindu.com · Mon Nov 16 12:22:17 UTC 2026

कञ्चनपुर । कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६, चान्देउबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ का २५ वर्षीय डेभिड चौधरी र ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)