सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन
ratopati.com · Mon Nov 16 16:38:10 UTC 2026
धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ । महिलातर्फ भने कैलाली च्याम्पियन बनेको छ ।
सोमबार डडेलधुरामा सम्पन्न पुरुष भलिबलको फाइनलमा अछामले दार्चुलालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । दार्चुला उपविजेतामा सीमित भयो। अछामले ३५ वर्षपछि पुरुष भलिबलमा स्वर्ण जित्न सफल भएको प्रशिक्षक सञ्जय भाटले जानकारी दिए। उनले यसलाई जिल्लाका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)