एसिसी राइजिङ स्टार्स कप खेल्ने नेपाली टोली घोषणा
barnanmedia.com · Mon Nov 16 22:21:51 UTC 2026
कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसिसी प्रिमियर कप राइजिङ स्टार्स प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा अनुभवी तथा युवा खेलाडीलाई समेटिएको छ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई रहेका छन् । नेपालले प्रतियोगिताको पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ । त्यसपछि नोभेम्बर २२ मा युएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्ने तालिका छ । त्यस्तै, समूह ‘ए’मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)