मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मासु बिक्री गर्न छाप अनिवार्य

gorkhapatraonline.com · Mon Nov 16 23:56:02 UTC 2026

जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ मङ्गलबार आजदेखि कार्यान्वयनमा आएको छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा यो ऐन कार्यान्वयनमा आएको हो ।

यो ऐन कार्यान्वयनमा आएसँगै अव्यवस्थित ठाउँमा पशु वध गरेर उपभोक्ताको भान्सासम्म अस्वस्थ मासु पुग्ने बर्सौंदेखिको बेथितिको अन्त्य हुने विश्वास लिइएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशित गरी देशभर तीन चरणमा ऐन लागु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)