मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टुरिस्ट गाइड र बरिस्टा तालिमका लागि ३०० जनाको आवेदन माग

nepalviews.com · Tue Nov 17 02:43:40 UTC 2026

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी व्यवसायिक तालिम सञ्चालन गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले आज मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै मङ्सिर महिनाबाट सञ्चालन हुने गरी कुल ३०० जनाका लागि दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार टुरिस्ट गाइड तालिमका लागि २८० जना छनोट गरिनेछ। उक्त तालिममा सहभागी हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। १० हप्तासम्म सञ्चालन हुने यस तालिमको शुल्क ३० हजार रुपैयाँ तोकिएको छ भने तालिमका क्रममा हुने फिल्ड भिजिटको खानपान, बसोबास र यातायात खर्च सहभागी स्वयंले व्यहोर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)