मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत् आयोजनाको पुनर्निर्माण

gorkhapatraonline.com · Tue Nov 17 02:59:11 UTC 2026

गत भदौ १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी हिमबाढी र पहिरोले ठुलो जनधनको क्षति भयो । यसले नदीकिनारमा बनेका र बन्दै गरेका विद्युत् आयोजनाका बाँध, इन्टेक, सुरुङ, पावरहाउस, पहुँचमार्ग र प्रसारण लाइनलाई एकै पटक ध्वस्त बनायो । निजी क्षेत्रले निर्माण गरेका संरचना र बर्सौंदेखि जोखिम मोलेर गरेको लगानी केही घण्टामै सङ्कटमा पर्‍यो । यी सबै आयोजनामा २००२ जना प्रत्यक्ष प्रभावित भएकोमा अझै ८१२ जना बेपत्ता छन् भने ५० जनाको शव फेला परेको छ । तीन महिनापछि पनि बेपत्ताको अवस्थाबारे यकिन जानकारी आउन सकेको छैन ।

हिमबाढीले निर्माण सम्पन्न र निर्माणाधीन १४ आयोजनालाई प्रत्यक्ष र छ वटा आयोजनालाई अप्रत्यक्ष रूपमा असर गर्‍यो । त्रिशूली–३ ‘बी’ हबको प्रसारणका कारण उत्पादनमा अवरोध भएका १५६ मेगावाट बराबरका छ आयोजनासहित बाढीले ४३१ मेगावाट बराबरका १४ आयोजनाको उत्पादन र ५०८ मेगावाटका छ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् । यी आयोजनाको पुनर्निर्माणका लागि सरकारले गरेको दु्रत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएन) प्रतिवेदनले प्रसारण लाइनसहित विद्युत्मा ९९ अर्ब ७७ करोड क्षति भई एक खर्ब ३४ अर्ब ६९ करोड रुपियाँ आवश्यक रहेको उल्लेख गरेको छ । यो प्रारम्भिक मात्र हो तर विद्युत् पूर्वाधारमा नै क्षति भएको ७८४ मेगावाटको पुनर्निर्माणका लागि आवश्यक लगानीको विश्लेषण गर्ने हो भने त्योभन्दा धेरै ठुलो रकम आवश्यक पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)