मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाथमले ३ सय जनालाई ‘टुरिस्ट गाइड’ र ‘बरिस्ता’ तालिम दिने, माग्यो आवेदन

clickmandu.com · Tue Nov 17 03:22:34 UTC 2026

काठमाडौं । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम)ले विभिन्न सीपमूलक तालिमका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले मङ्सिर १ गते एक सार्वजनिक सूचना जारी गर्दै आगामी मङ्सिर २८ गतेदेखि सञ्चालन हुने ‘टुरिस्ट गाइड’ र ‘बरिस्ता’ तालिमका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

प्रतिष्ठानका अनुसार १० हप्ता अवधिको ‘टुरिस्ट गाइड’ तालिममा २८० जनालाई सहभागी गराइनेछ । यस तालिमका लागि स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम शुल्क ३० हजार रुपैयाँ तोकिएको छ भने फिल्ड भिजिटका क्रममा लाग्ने खानपान, बास र यातायातसहितको सम्पूर्ण खर्च प्रशिक्षार्थी स्वयंले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)