युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा सरकारले माग्यो आवेदन
clickmandu.com · Tue Nov 17 03:30:46 UTC 2026

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले मंसिर १ गते प्रथम पटक सूचना प्रकाशन गर्दै प्रतिस्पर्धाका आधारमा उक्त पदको पदपूर्ति सिफारिसका लागि आवेदन माग गरेको हो ।
मन्त्रालयका अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम २३ बमोजिम प्रतिस्पर्धाको आधारमा कोषको कार्यकारी निर्देशक पदपूर्ति गरिनेछ । उक्त नियमावलीको नियम २३ को उपनियम (४) बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)