बाः एक योद्धाले
newsofnepal.com · Tue Nov 17 04:08:57 UTC 2026

बक्स अफिसमा औसत व्यापार, दर्शकको प्रतिक्रिया भने अत्यन्त सकारात्मक। यही समीकरणले संगीतकार हरि लम्सालद्वारा निर्देशित फिल्म बाः एक योद्धालाई प्रदर्शनको ५१औँ दिनको सफलतासम्म पुर् याएको छ।
गत असोज ९ गते रिलिजमा आएको फिल्मले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा ५१औँ दिन मनाएको हो। प्रदर्शनमा आएका कतिपय फिल्म हलबाट बाहिरिइसक्दा पनि बाः एक योद्धा भने केही हलमा दर्शकसँगको सम्बन्ध कायम राख्दै प्रदर्शनरत छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)