मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

khabarhub.com · Tue Nov 17 04:20:13 UTC 2026

मोरङ – जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला व्यस्त छ ।

राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्छन् । बाइस वर्षअघि प्रतिगोटा रु एकमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर १० पुगेको उनले बताए। चामल, दाउरा तथा अन्य सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)