प्रतिकूलतामा पनि निरन्तर व्यवसाय सञ्चालन गरेको भन्दै कर दिवसमा भाटभटेनीलाई सम्मान
corporatenepal.com · Tue Nov 17 05:16:46 UTC 2026

काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्वपूर्ण योगदान पुर्याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन् । भाटभटेनीको तर्फबाट उक्त कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङकी श्रीमती सावित्री गुरुङले सम्मानपत्र लिन आन्तरिक राजश्व कार्यालयको कार्यक्रममा सहभागी भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)