सबैभन्दा धेरै आयकर तिर्ने बैंक बन्यो नबिल
kendrabindu.com · Tue Nov 17 05:45:23 UTC 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर दाखिला गर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा सरकारले नबिल बैंकलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको थियो । सोही योगदानको कदर गर्दै सरकारले बैंकलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)