मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

bishowkhabar.com · Tue Nov 17 05:50:13 UTC 2026

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ । आम्दानीतर्फ भने वार्षिक लक्ष्यको २३.३९ प्रतिशत प्राप्त भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म सरकारले कुल चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको हो । यो वार्षिक बजेट विनियोजनको तुलनामा २३.३७ प्रतिशत हो ।

खर्चमध्ये चालु शीर्षकमा सबैभन्दा बढी रकम खर्च भएको छ । यस वर्ष चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको २७.२९ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)