सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित
nepalsamaya.com · Tue Nov 17 06:34:30 UTC 2026

काठमाडौं- विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन्। आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो।
उत्कृष्ट करदाताको सूचीमा निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि परेको छ। एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल उत्कृष्ट बनेको छ भने वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)