मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वरूप परिवर्तन गरिएका ४०१ वटा बुलेट मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

ratopati.com · Tue Nov 17 06:46:26 UTC 2026

काठमाडौँ । स्वरूप परिवर्तन गरेर चलाएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट ठुलो संख्यामा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ । चर्को आवाज निकालेर चलाएको र स्वरूप परिवर्तन गरिएका ४०१ वटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

उनका अनुसार पछिल्लो एक सातामा ति मोटरसाइकल नियन्त्रणमा लिइएको हो । कत्तिपय बुलेट मोटरसाइकलले साइलेन्सर पाइपबाट आगोको झिल्का नै निकालेर चलाउने गरेको भेटिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)