मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘कर सुधारको २.०’ ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा

nepalpress.com · Tue Nov 17 07:13:03 UTC 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर सुधारको २.०’ ल्याउने घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय कर दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा भन्सारदेखि अन्तःशुल्कसम्मका सबै क्षेत्रमा सुधारका बोल्ड नीति लिनेछौँ । कर सुधारको २.० आउनेछ ।’ साथै उनले चालू आर्थिक वर्षको बजेट निर्माण गर्दा पर्याप्त समय नपाएको समेत गुनासो पोखे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)