पहिलो चार महिनामा बजेट खर्च २३ प्रतिशत मात्रै, पुँजीगत खर्च ७.५३ प्रतिशतमा सीमित
barnanmedia.com · Tue Nov 17 07:14:39 UTC 2026

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारको बजेट खर्च निराशाजनक देखिएको छ। कात्तिक मसान्तसम्म सरकारले कुल बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ। विकास निर्माणसँग प्रत्यक्ष जोडिने पुँजीगत खर्च भने ७.५३ प्रतिशतमा सीमित भएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)