सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
gorkhapatraonline.com · Tue Nov 17 09:03:05 UTC 2026

अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। मंगलबार दिउँसो २ बजे जिल्ला अस्पताल अछाममा उपचाररत मंगलसेन नगरपालिका –४ की २६ वर्षीय खिमा बुढालाई मंगलसेनबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले जानकारी दिनुभयो।
कात्तिक २९ गते सामान्य अवस्थामा जिल्ला अस्पताल अछाममा सुत्केरी भएकी बुढा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपछि अत्यधिक रक्तस्राव भएको परिवारका सदस्यहरुको भनाइ छ । श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो। उहाँको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)