खरानी टकटक्याएर वर्षदिनमै उठेको भाटभटेनीलाई विशेष सम्मान, अघिल्लो वर्ष तिर्यो १ अर्ब ४ करोड कर
clickmandu.com · Tue Nov 17 09:15:39 UTC 2026

काठमाडौं । प्रतिकूल र विषम परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिक उत्थानशीलता प्रस्तुत गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पुर्याएको भन्दै सरकारले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई विशेष सम्मान प्रदान गरेको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले ‘राष्ट्रिय कर दिवस, २०८३’ का अवसरमा मंसिर १ गते (मंगलबार) आयोजित समारोहमा भाटभटेनीलाई विशेष सम्मान–पत्र (कदरपत्र) प्रदान गरेको हो । समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीका तर्फबाट मीनबहादुर गुरुङकी श्रीमती साबित्रा गुरुङलाई उक्त सम्मान–पत्र हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)