भारतबाट ३५० मेगावाट बिजुली आयातको अनुमति, ५६ मेगावाट निर्यातका लागि पनि खुल्यो बाटो
kalakarmi.com · Tue Nov 17 10:06:22 UTC 2026

काठमाडौँ- भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए)ले नेपाल विद्युत् प्राधिकरणलाई हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न अनुमति दिएको छ । आयातको स्वीकृतिसँगै भारतले नेपालका तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट बिजुली निर्यातका लागि पनि बाटो खोलिदिएको छ ।
यो अनुमति मंसिर १, २०८३ (नोभेम्बर १७, २०२६) देखि साउन १५, २०८४ (जुलाई ३१, २०२७) सम्मका लागि लागू हुनेछ । स्वीकृति अनुसार प्राधिकरणले आईईएक्सको ‘डे–अहेड’ र ‘रियल–टाइम’ बजारमार्फत प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टा बिजुली खरिद गर्न पाउनेछ । यद्यपि, बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि राति ९ बजेसम्मको उच्च माग हुने समय (पिक आवर) मा भने यो कोटाबाट बिजुली आयात गर्न पाइने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)