प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार
ratopati.com · Tue Nov 17 10:39:43 UTC 2026

अछाम । खीना बुढालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।
कात्तिक २६ गते जिल्ला अस्पताल मङ्गलसेनमा प्रसूति भएपछि घर फर्किएकी बुढाको स्वास्थ्यमा अचानक गम्भीर समस्या भएपछि थप उपचारको लागि आज सुर्खेत लगिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बमले बुढाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)