कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर
khabarhub.com · Tue Nov 17 11:03:51 UTC 2026

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
कर्मचारी गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजको शैक्षिक योग्यता नक्कली फेला परेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)