गुल्शन झा क्यानको ‘रिह्याभिलिटेसन’मा, काँधको चोटले राष्ट्रिय टिममा नपरेको खुल्यो
nepalpress.com · Tue Nov 17 11:06:17 UTC 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्शन झा शारीरिक समस्याका कारण राष्ट्रिय टोलीमा नपरेको खुलेको छ । एसीसी राइजिङ स्टार्स कपका लागि घोषित १५ सदस्यीय टिममा उनी अटाएका थिएनन् ।
गुल्शनले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका थिए । उनको टिम प्लेअफ दौडबाट बाहिरिइसकेको छ । कतार जाने राष्ट्रिय टिममा नाम नदेख्दा उनका फ्यानहरू रुष्ट बनेका थिए । सामाजिक सञ्जालमा कतिपयले कप्तान सन्दीप लामिछानेलाई समेत आरोप लगाउन भ्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)