नेपालगन्जमा कर सप्ताह सुरु
gorkhapatraonline.com · Tue Nov 17 11:07:33 UTC 2026

विविध कार्यक्रमसहित नेपालगन्जमा मङ्गलबारदेखि राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ सुरु भएको छ । प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर कर सप्ताह सुरु गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय नेपालगन्जको आयोजनामा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी र अन्तरक्रिया गरिएको हो । आन्तरिक राजस्व कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बीपी चोक, धम्बोझी चोक, सेतु विक चोक, न्युरोड, त्रिभुवन चोक, चारबाहिनी चोक र गणेशमान चोक हुँदै पुनः कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)