मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन 

nepalpress.com · Tue Nov 17 11:54:22 UTC 2026

काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पुर्व अध्यक्षसमेत रहेका भएका ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सात वटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी (इला) होटल चेन ब्रान्डको प्रवर्द्धक तथा लगानीकर्ताका रूपमा परिचित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)