मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

clickmandu.com · Tue Nov 17 12:14:19 UTC 2026

काठमाडौं । सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को ८८औँ कार्यकारी समितिको बैठकले चन्द्रप्रसाद ढकाललाई उक्त जिम्मेवारी दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ होटल चेन ब्रान्डका प्रवर्द्धक र लगानीकर्ताका रूपमा परिचित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)