कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
kendrabindu.com · Tue Nov 17 13:26:12 UTC 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर प्रणालीलाई राजस्व संकलनमा मात्र सीमित नराखी लगानी प्रवद्र्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा उनले कर प्रणालीको सफलता राजस्व संकलनको परिमाणले मात्र नभई करदाताले अनुभूति गर्ने सहजता, पारदर्शिता र राज्यप्रतिको विश्वासले निर्धारण गर्ने बताए । निजी क्षेत्र बलियो नभई सरकारको राजस्व आधार दिगो हुन नसक्ने उल्लेख गर्दै उनले उद्योग, व्यापार, लगानी र रोजगारी विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)