खल्तीका पूर्वसीईओ प्रवीण रेग्मी नबिल बैंकको चिफ बिजनेस अफिसरमा नियुक्त
bishowkhabar.com · Tue Nov 17 13:43:15 UTC 2026

काठमाडौं -डिजिटल भुक्तानी तथा फिनटेक क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रवीण रेग्मी नबिल बैंक लिमिटेडको चिफ बिजनेस अफिसर (सीबीओ) नियुक्त भएका छन्। डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्ती लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) रेग्मीलाई नबिल बैंकले ट्रान्जेक्सन बैंकिङ तथा डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ को नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।
नबिल बैंकको व्यवस्थापन टोलीसम्बन्धी आधिकारिक विवरणमा रेग्मीलाई ‘चिफ बिजनेस अफिसर–ट्रान्जेक्सन बैंकिङ एन्ड एनबैंक’ का रूपमा उल्लेख गरिएको छ। उनको कार्यक्षेत्रमा ट्रान्जेक्सन बैंकिङ, एनबैंक, फिनटेक तथा अन्तरदेशीय साझेदारीसम्बन्धी व्यवसाय रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)