मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा ठमेलबाट एकजना पक्राउ

kendrabindu.com · Tue Nov 17 13:56:17 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका खेलमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरेको हो। उनी ठमेलमा बस्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)