सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित
annapurnapost.com · Tue Nov 17 14:44:38 UTC 2026

काठमाडौं : नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ। राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे। उक्त सम्मान बैंकको सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाण कुमार चौधरीले बैंकका तर्फबाट ग्रहण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)