मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

ratopati.com · Tue Nov 17 16:06:06 UTC 2026

धादिङ।आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पुर्‍याउने तीन करदातालाई मंगलबार सम्मान गरेको छ।

राष्ट्रिय कर दिवसका अवसरमा गल्छी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा करदाता सम्मान गरिएको हो। सम्मानित हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ स्थित सदाज्योति सप्लायर्सका प्रोपाइटर उज्वल कुमार थपलिया, नीलकण्ठ नगरपालिका–३ स्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाकी अध्यक्ष कविता थापा र धुनीबेँसी नगरपालिका–५ स्थित एच.एस.मल्टी एग्रो प्रालिका सञ्चालक शिवहरि आचार्य रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)