मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंलाई २४सै घण्टा खुला गर्ने प्रशासनको तयारी, हाललाई पुरानै समयसीमा

annapurnapost.com · Tue Nov 17 16:17:56 UTC 2026

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी थालेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै यसअघि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय भई सञ्चालनमा रहेको र अब जिल्लाका अन्य क्षेत्रलाई पनि सोही अनुरूप खुला गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। नेपालको संघीय राजधानी र अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले समग्र जिल्लालाई चौबिसै घण्टा खुला गर्न भरपर्दो सुरक्षा प्रबन्धका साथै न्यूनतम पूर्वाधारहरू सुनिश्चित गर्ने काम भइरहेको प्रशासनले जनाएको छ। जसअन्तर्गत सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती तथा आपूर्ति व्यवस्थाको पर्याप्त प्रबन्ध मिलाउने तयारी भइरहेको सूचनामा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)