मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाटोमै सुत्केरी हुनुभएका तुल्सीलाई प्रहरीले गरे उद्दार

gorkhapatraonline.com · Tue Nov 17 16:41:45 UTC 2026

अछाम जिल्लामा बाटोमै सुत्केरी भएकी महिलाले महिला र बच्चाको उद्दार गरिएको छ।मंगलबार दिउँसो जिल्लाको मंगलसैन नगरपालिका १४ कालागाउ पौवा २६ वर्षीय तुल्सी बिष्ट सोडारीले बाटोमै बच्चाको जन्म दिनुभएको हो ।

सुत्केरी बेथा लागेपछि घरदेखि टाढा रहेको कालागाउँ स्वास्थ्य चौकी हिडेर अस्पताल जाने क्रममा बाटैमा बच्चा जन्माएकी उहाँलाई अस्थायी प्रहरी पोष्ट कालागाँउ अछामबाट प्रहरी हवलदार भिम बहादुर बिष्टको कमाण्डमा खटीएको प्रहरी टोली र स्थानीयहरुले उद्दार गरि कालागाँउ स्वास्थ्य चौकीमा पुर्याएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)