चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति
baahrakhari.com · Tue Nov 17 18:02:02 UTC 2026

झापा । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।
उक्त चिया कारखानाको मेसिनबाट दिउँसो १:५० बजेतिर अचानक आगो निस्किएर आगो फैलिँदा मेसिन र सुकाइरहेको चिया जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)