ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)
gorkhapatraonline.com · Tue Nov 17 18:03:53 UTC 2026

ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व चासोक तङ्नाम विभिन्न कार्यक्रम गरी मनाइएको छ । याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको आयोजनामा फुङ्लिङ नगरपालिका–५ स्थित जानुन इन होटलमा चासोक तङ्नाम मनाइएको हो ।
लिम्बू समुदायले नयाँ अन्नबाली भित्र्याएपछि प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै मनाउने सांस्कृतिक पर्वका रूपमा चासोक तङ्नाम मनाउने गरेका छन् । कार्यक्रममा परम्परागत चासोक पूजा, याक्थुङ समुदायका सांस्कृतिक नाचगान तथा विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष हाङमाया लेछर्बोले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)