मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

barnanmedia.com · Tue Nov 17 22:08:14 UTC 2026

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार कतार प्रस्थान गरेको छ । प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले केही दिनअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)