बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै
khabarhub.com · Wed Nov 18 00:58:30 UTC 2026

म्याग्दी – रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ ।
पूर्वाधार विकास कार्यालयले जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत बैसरी–रिसिनचौतारी खण्ड स्तरोन्नति गर्न लागेको हो । सडक फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, टेवा पर्खाल तथा नाली निर्माण गर्ने र ग्राभेल तथा ढलान गर्ने काम योजनामा समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)