मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति

gorkhapatraonline.com · Wed Nov 18 01:17:14 UTC 2026

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) डे अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न अनुमति दिएको हो । यससँगै दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न सकिने अनुमतिप्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाइने छ । यस अनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आइएक्सबाट दैनिक विद्युत् आयात गर्न सकिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)